तपाईं जे चाहनुहुन्छ त्यही बन्न सक्नुहुन्छ…….

के तपाई आफूले गरेको हरेक काममा सफल हुन चाहनुहुन्छ?

के तपाई प्रभावशाली व्यक्तिहरूको जस्तो सदाबहार ऊर्जाले भरिपुर्ण हुन चाहनुहुन्छ?

त्यसो भए तपाईं सही ठाउँमा आइपुग्नु भएको छ।

The Codes of Influencers Mindset को यो पहिलो एपिसोडमा हामीले अघि भनेका र त्यस सँग सम्बन्धित व्यवहारिक समाधान यहाँहरु माझ राख्ने छौं। नमस्ते म नितिश खतिवडा यहाँलाई आजको कार्यक्रममा स्वागत गर्दछु। आउनुहोस् आजको कार्यक्रम सुरु गरौं।

उदाहरण लिऔ, आज तपाईंको साथीको घरमा केही विशेष कार्यक्रम छ र तपाईंले त्यसको लागि नयाँ कपडा किन्नु भएको छ । त्यो कपडा तपाईंलाई यति मन पर्छ की तपाईं चाहनुहुन्छ त्यसमा कुनै पनि दाग नलागोस्। तर तपाईले जति सम्हाल्न खोज्नु भएपनि दाग लागेरै छोड्छ। हैन? तपाईंको जीवनमा पनि यस्तो धेरै घटना भएको होला नि? यसो याद गर्नुस् त। अनि अर्को कुरा जसले दाग लाग्ने बारेमा त्यति मतलब गरेको हुँदैन त्यसको कपडा बरु सकुशल हुन्छ।

तर, यस्तो किन भएको?
म तपाईंलाई यो कुरा प्रष्ट पार्छु, अनुमति दिनुहोस्।
तपाईंले आफ्नो दिमागमा बारम्बार कपडामा दाग नलागोस् भनेर सोचे पनि, वास्तवमा तपाईले दाग लाग्दा कस्तो हुन्छ भनेर सोचिरहनु भएको हुन्छ। तपाईंको सोच र वास्तविक चिज एउटै उर्जाको विभिन्न अभिव्यक्ति/manifestation भएको कारणले त्यो चित्र वास्तविक जीवनमा मूर्त रूप/रियलिटी भएर प्रस्तुत हुन्छ। र जसले दाग लाग्ने कुराको त्यति मतलब गर्दैन, उसले त स्वतः लुगाको कुशलताको लागि सोचे जस्तो हुन्छ। ठ्याक्कै उल्टो भयो हैन?

विश्वका महान विचारक, दार्शनिक र वैज्ञानिकहरुले यस ब्रह्माण्डका सबै जीव, जनावर, निर्जीव वस्तुहरू एउटा ऊर्जाको अभिव्यक्ति हो भन्ने गर्छन्। उनीहरुको अनुसार यस संसारका सबै चिजहरु ऊर्जाका स्वरुपहरु हुन् जुन विभिन्न आकारमा अभिव्यक्त/manifest भएका छन्। तारा, घाम, जून, तपाईंको हातमा भएको मोबाइल फोन, तपाईंले खाने तथा पिउने कुराहरु, छेउमा रहेको टेबुल, तपाईं र तपाईंको आँखाले देख्न सक्ने तथा देख्न नसक्ने, तपाईले महसुस मात्र गर्न सक्ने चिज र तपाईंको विचार समेत ऊर्जाको अभिव्यक्ति मात्र हो। र छोट्करीमा भन्नुपर्दा, हामीले देख्ने वा नदेख्ने प्रत्येक चिज फरक फरक आकार लिएको उर्जा मात्र हो । र ती विभिन्न ऊर्जाले एक अर्कालाई प्रभाव पार्दछन्।

तपाई सोच्दै हुनुहुन्छ होला, उम्मम्…. हुन सक्छ तर मलाई यसको के सरोकार/ मलाई के महत्व?

यसको महत्व छ। त्यो के भने, तपाईं जीवनमा सफल हुने कि न हुने, र कुन हद सम्म सफल हुने भन्ने कुरालाई यही ऊर्जाले प्रभाव पार्ने गर्दछ। त्यो कसरी भन्ने प्रश्नको उत्तर पनि यही एपिसोडमा छ। अन्तिम सम्म हामी सँगै बस्नु होला।

जस्तै हामीले अघि नै भनि सक्यौ, यो संसारमा हामीले देख्ने चिज मात्र हैन तर हाम्रो भावना र विचार पनि उर्जा हो । र यसको प्रमाण पाउन धेरै गाह्रो हुँदैन । यो प्रमाणित कसरी गर्ने भन्ने बारेमा यस एपिसोडको अन्त्यमा हामीले एउटा अभ्यास पनि तपाईं माझ प्रस्तुत गर्नेछौं।

तर जे भएपनि हामी एउटा कुरा मान्न सक्छौँ कि संसारमा भएका सबै चिज उर्जा नै हुन् र कुनै एकले अर्कोलाई प्रभाव पार्दछन्। जसरी कुनेै खोलेको धागो जथाभावी चलायो भने त्यो आफैमा अड्किन्छ र समस्या गराउँछ त्यस्तै विचारको ऊर्जाको तरंगलाई पनि नबुझी चलाउने हो भने त्यसले समस्या गराउँछ।

यस्तै motorbike सिक्दाको अर्को उदाहरण पनि छ। तपाईंले जुन ढुङ्गामा चढाउँदिन भनेर सोच्नु हुन्छ त्यही ढुङ्गामा गएर चक्का चढ्छ, अथवा जुन पिलरमा ठोकिन्न भनेर सोच्नु हुन्छ, त्यही पिलरमा गएर ठोकिन्छ । यो कुरामा सहमत हुनुहुन्छ नि? बरु तपाईले त्यो ढुङ्गाको अथवा त्यो पिलरको बारेमा सोच्नु भएन भने तपाईंलाई केही हुँदैन।

यतिबेला पनि वास्तवमा तपाईले दिमागमा ढुङ्गामा चक्का जाँदा कस्तो हुन्छ त्यो सोचिरहनु भएको हुन्छ।
तपाईंको सोच र वास्तविक चिज एउटै उर्जाको विभिन्न अभिव्यक्ति/manifestation भएको कारणले त्यो चिज वास्तविक जीवनमा मूर्त रूप/रियालिटी भएर प्रस्तुत हुन्छ।

यसको उदाहरण धेरै छ। र यस्ता धेरै कुराको अनुभव तपाईले गरिसक्नु भएको छ । यसो विचार गरेर हेर्नुहोस् त।

अब जाऊ, कुनै मानिस किन असफल हुन्छन् भन्ने कुरा तिर। जस्तै मानौं, तपाईं कुनै काम सुरु गर्दै हुनुहुन्छ र मनमा कुनै एउटा यस्तो कुरा सोच्नु भयो जुन तपाई “न होस्” भनेर चाहनुहुन्छ। तपाईले त्यो कुरा यति सोच्नु हुन्छ कि त्यो न होस् भनेर सोचेको कुरा वास्तवमा भयो भने के हुन्छ भनेर तपाईंको दिमागमा छर्लङ्ग हुन्छ तर त्यो काम सफल हुँदा कस्तो हुन्छ भन्ने चाहिँ थाहा हुँदैन।

तपाई मुखले चाहिँ काम पूरा भए हुन्थ्यो भन्नु हुन्छ र मनमा चाहिँ असफल हुँदा यस्तो हुन्छ भनेर blueprint/खाका बनाई सक्नु भएको छ। यो पनि हामीले अघि भनेका उदाहरण जस्तै भयो हैन? तपाईंको उर्जा तपाईंको सफलता भन्दा तपाईंको असफलता प्रति धेरै खर्च भयो।

असफल भएका व्यक्तिहरुले “मलाई त्यस्तो हुन्छ भन्ने थाहा थियो” भनेको तपाईले अवश्य सुन्नुभएको छ। हो?

अनि प्रभावशाली व्यक्तिहरुले “मलाई यो काम सफल हुन्छ भन्ने थाहा थियो” भनेको पनि सुन्नुभएको छ भने यो भिडियोमा एउटा लाईक गरेर सहमति देखाउनु होला ।

अहिलेसम्म त हामीले कुरा गर्यौं असफल कसरी भएको तर तपाईंसँग सफलताको अनुभव पनि त छ नि हैन?

तपाईंको सफलतालाई तपाईंले सानो अथवा ठुलो जे सोच्नु भएपनि तपाईंको सफलताको बयान हामी पढ्न उत्साहित छौं कृपया तल कमेन्ट सेक्सनमा लेखिदिनुहोला ।

तपाईंले जे मा सफलता प्राप्त गर्नुभएको भएपनि असफल हुँदाको र सफल हुँदाको तपाईंको विचार कस्तो थियो सम्झिनुहोस् त। सफलता प्राप्त गरेको काम गर्दा तपाईंको दिमागमा सफलता प्राप्त गर्दा कस्तो हुन्छ भन्ने विचारको प्रभुत्व/dominance अन्य सबै विचार भन्दा धेरै हुन्छ हैन? र तपाईं सफल हुनुहुन्छ भन्ने कुरामा तपाईं विश्वस्त पनि त हुनुहुन्छ। हो? तपाईंको यो भावनालाई कहिलेकाहीँ confidence पनि भन्ने गरिन्छ।

प्रभावशाली व्यक्तिहरुले पनि यस्तै धारणा प्रस्तुत गर्ने गर्छन् । चाहे जोसुकै प्रभावशाली व्यक्तिको उदाहरण लिनुहोस् तिनीहरूले जिवनमा जतिसुकै समस्या भएपनि उनीहरुले सोचेको सफलता प्राप्त गरेरै छोड्छन्। उनीहरुलाई यस्तो कसरी भएको भनेर सोध्यो भने उनीहरूको एउटै जवाफ हुन्छ “यो लक्ष्यमा सफल हुन्छु भन्ने कुरामा म पूर्ण रुपमा विश्वस्त थिएँ । चाहे जतिसुकै समस्या भएपनि म सफल हुन्छु भन्ने मात्र मलाई थाहा थियो ।” उनीहरूको जवाफ र धेरै सफल व्यक्तिहरूको जीवनको अध्ययनबाट के पुष्टि हुन्छ भने जस्तोसुकै समस्या आएपनि उनीहरुले आफ्नो विचारको उर्जा सफलता प्राप्ति गर्दा कस्तो हुन्छ त्यसमा मात्रै लगाएका हुन्छन्। र जस्तोसुकै बाधा अड्चनले पनि उनीहरूको यो विचारलाई प्रभाव पार्न सक्दैन।

तपाईंले अहिले गर्दै गर्नुभएको कुनै काम छ भने तपाईंको ऊर्जा के मा धेरै खर्च भइरहेको छ त्यसमा विचार गर्नुहोला। यदि असफलता तिर तपाईंको उर्जा धेरै खर्च भएको छ भने आजैदेखि अन्य प्रभावशाली व्यक्तिहरु जस्तै आफ्नो उर्जा सफलता प्राप्ति तिर डोर्याउनु होला। हामी तपाईंलाई भविष्यको प्रभावशाली व्यक्ति भएको हेर्न चाहन्छौ।‌ र भविष्यमा तपाईंले गर्ने साना देखि ठूला कामहरुमा पनि तपाईंको उर्जाको धेरै प्रयोग कहाँ भैरहेको छ त्यसको लेखा राखी सही ठाउँमा मात्र प्रयोग गर्नुहोला। यसो गर्न केही समय लाग्न सक्छ तर गर्न सम्भव छ। यति गर्नसके तपाईंले पनि अन्य प्रभावशाली व्यक्ति जस्तै जे काममा हात हाल्नुहुन्छ, त्यसमा सफलता मात्र प्राप्त गर्नुहुनेछ।

यदि तपाई पनि विश्वकै प्रभावशाली व्यक्ति हुन तयार हुनुहुन्छ भने यो भिडियोलाई एउटा लाईक गरेर तपाईं तयार हुनुहुन्छ भन्ने जनाउनु होला।

प्रभावशाली व्यक्ति जस्तो सदाबहार उर्जाले भरिपूर्ण कसरी हुने भन्ने बारेमा एउटा सजिलो अभ्यास हामीले Codes of Millionaire Mindset को चौथो एपिसोडमा प्रस्तुत गरेका छौं। यदि तपाइँले त्यो भिडियो हेर्नु भएको छैन भने त्यसको लिङ्क तल राखिएको छ । अवश्य हेर्नुहोला।

हामीले यो एपिसोडमा तपाईले काम गर्दा आउनसक्ने समस्याहरूको बारेमा सोच्दै नसोच्नुस् भनेको बिल्कुलै हैन। साथसाथै हामीले तपाईंले सोच्नुभएकै भरमा काम पूरा हुन्छ भनेको पनि हैन । जब केही गर्न सोचिन्छ वास्तवमा त्यो फत्ते गर्नको लागि काम गर्नु नै पर्छ र जब कुनै काम थालिन्छ तब काम गर्ने क्रममा के-के समस्या आइपर्न सक्छ त्यसको पनि राम्रो हेक्का हुन जरुरी छ । समस्याहरूको हेक्का राखेर त्यसको समाधान तयार पारेर राख्दा सफल हुने सम्भाव्यता बढेर जान्छ। तर हामीले भन्न खोजेको के हो भने तपाईंले समस्यालाई मात्र तपाईंको पुरै उर्जा खर्च चाहिँ गर्नु हुँदैन।

हामीले आजको एपिसोडको सुरुमा हाम्रो भावना र विचार पनि उर्जा हो भन्ने कुरा प्रमाणित गर्ने भन्ने बारेमा एउटा अभ्यास तपाईंलाई प्रस्तुत गर्नेछौं भनेका थियौं। त्यो अभ्यास यस प्रकार छ।

दुईटा सिसाको बोतल लिनुहोस् र दुवैमा तपाईंले पिउने गरेको पानी हाल्नुहोस् । एउटा कागज लिनुहोस् र त्यसमा आफ्नो कुल देवताको अथवा तपाईले मान्ने गरेको भगवानको नाम लेख्नुहोस् र अर्को कागजमा पापी लेख्नुहोस्। ती दुवै कागजलाई 1-1 बोतलमा टाँसेर छुट्टाछुट्टै ठाउँमा राखिदिनुहोस्। हामीले एउटा अभ्यास गर्दैछौं,
त्यसैले विचार गर्नु होला त्यो बोतलको नजिकै तपाईं बाहेक अरु कोही पनि नजाओस् । अब तीन दिनको लागि प्रत्येक दिन बिहान र बेलुका तपाईंलाई मनपर्ने भगवानको नाम लेखिएको बोतललाई श्रद्धाका साथ ढोग्नु होस् र मनमनै धन्यवाद भन्नुहोस् त्यस्तै अर्को पापि लेखेको बोतललाई सधै मनमनै गाली गर्नुहोस्। यो काम 3 दिन गरिसक्नु भएपछि दुवै बोतल को एक एक चम्चा पानी निकालेर स्वाद चाख्नु होला । घरका अरु सदस्यलाई चाख्न दिनु भए पनि हुन्छ। अनि स्वादमा कति फरक पर्ने रहेछ कमेन्टमा लेख्नुहोला। यो अभ्यासले हाम्रो सोचमा ऊर्जा हुन्छ भन्ने कुरा र बाजे बराजुहरुले पानीको इज्जत गर्नुपर्छ भन्ने कुराको वैज्ञानिक र व्यवहारिक प्रमाण तपाईलाई दिनेछ। यो अभ्यास अवश्य गर्नुहोला।

आजको एपिसोड अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। तपाईंको कुनै सल्लाह सुझाव छ भने तल कमेन्टमा लेखिदिनुहोला । यस्तै खालका अन्य सफलता सुत्र सिक्न अवश्य subscribe गर्नुहोला।

तपाईंको सफलता हाम्रो चाहना, नमस्कार ।

Published by Nitesh

I have a different perspective to things around. Here I am to share my perspective so that you can see the world differently and be more happy.

Leave a comment

Design a site like this with WordPress.com
Get started