A: ए भिडियो पो बनाउँदै छस्।
Closes the door
B: Shouts
भिडियो बनाउन लागेको बेला disturb नगर्नु भनेको हैन? त्यत्ति पनि बुझ्दैनन् यो घरका मान्छेहरु। कति भन्नु?
A:Door opens.
के अरे
B: केहि हैन। उता जा। भिडियो बनाउन लाग्दै छु।
A: हा हा
के भयो अहिले तँलाई फेरी ।
B: केही भएको छैन भने त ।
A: आज बजार खुल्ने दिन बजार गएर आईस्?
In anger
B: त्यही बजार गएर त यहाँ दिमाग खराब भएको छ त।
A: हँ??? कस्ले के भन्यो तलाई बजारमा ? कि पुलिसको डन्ठा खाएर आइस्?
B: कहाँ पुलिसले डन्ठ्याउनु, म भीडभाड भएको ठाउँमा गइन्। Corona को महामारी छ पर पर बसेर सब्जि किनेर ल्याएको ।
A:अनि के त?
B:केहि हैन ।
A: धेरै नाटक न गर् है, खुरुक्क भन् ।
B: त्यहाँ बजारमा त्यो चोकको ट्याटु दाई भेटेको थिएँ, “कस्तो लुगा लगाको भाई”, भन्दै हाँस्छ भन्या । झन् आफुलाई मन पर्ने लुगा लगाएर गएको।
A: हाहा
B: तँ पनि हाँस्न न थाल् है अब ।
A: अनि तैले के भनिस्?
B: सिनियर मान्छे के भन्नु र। ‘मलाई त मन पर्छ’ भनेर आएँ।
A: अनि त्यही कारण ले अहिले सम्म mood off बनाएर बसेको तैँले। हे भगवान् मान्छेहरु यति पिडामा यति धेरै समय कसरी बाँच्न सक्छन् । म त सक्दिन बा ।
अनि बाटो मा कस्लाई भेटिस् ???
B: त्यहाँ पल्लो गल्लीको साधु बाले ‘सब्जि ल्याएर आयौ बा’ भनेर सोध्दै थिए। mood off भएको झोकमा देखेनौ सब्जि बोकेको भनेर भनिदिए ।
A: हरे !!!
B: म भिडियो बनाउन लागेको, त मलाई धेरै disturb न गर् त।
A: बनाउलास् नि तेरो भिडियो,एकैछिन पर्खि न। एउटा कुरा भन् त, त्यो tattoo दाई तेरो लागि कति important हो?
B: त्यो दाई मलाई के important हुनु । बजार गएको बेला यसो रमाइलो hi hello गर्ने त हो । रमाइला छन् जे होस ति बुढा पनि।
A: कति दुई घन्टा भैसक्यो त बजारबाट आएको?
B: उम्म्….. भई सक्यो।
A: अनि त्यो मान्छे important हैन भन्छस् तर त्यहि मान्छेको लागि तेरो अमुल्य जिन्दगीको दुई घण्टा चढाई सकिस् हैन? दुई दिनको जिन्दगी भन्छन, अब तेरो जिन्दगीको 46 घण्टा मात्र बाँकी रह्यो। अब अरु टाइम पनि व्यर्थको मान्छेहरुलाई खर्च गरेर सिध्याउने त होला नि हैन?
त्यो दाईलाई अहिले सम्म तँलाई यस्तो भनेको याद पनि छैन होला। आजको जस्तो कुरा ले तेरो time त waste भयो भयो, सम्बन्ध पनि बिगार्ने रहेछ । धन्न साधु uncle त्यस्तो mind गर्ने मान्छे होइनन्।
एस्तै attitude लिएर बस्ने भए जिन्दगीमा केही महत्वपुर्ण काम नगरी तेरो time सकिन्छ। तँ त्यसै मर्ने भइस्। बिचरा।
B: चुप लाग्, म ठुलो मान्छे हुन जन्मेको हो।
A: यस्तै ताल हो भने तँ झिंगा भएर मर्छस्। त्यति मात्र महत्व हुन्छ तेरो। आज त्यसले त्यस्तो भन्यो, भोलि यसले यस्तो भन्यो पर्सि आमाले के भन्नु भयो, अर्को दिन बुढीले के भनी भन्यो, अनि छिमेकी, नाता गोता, साथी संगी……. बा बा, हैन तेरो जिन्दगी तैंले कहिले बाँच्छस हँ? अनि ठूलो मान्छे कहिले हुन्छस्?
एउटा कुरा सुन, आफ्नो जिवनमा जो important छैन र जे important छैन त्यसता कुरामा आफ्नो time waste चाहि गर्नु हुँदैन। काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ नि। बडो मुस्किलले यो एउटा जिन्दगी पाईन्छ साथी। Waste नगर्। त्यहि पनि long-run मा ती मध्ये कति कुरा चाहिँ important हुन्छ र?
B: खासै important हुँदैन हुन त।
A: अनि!!! बरु यो दुई घण्टा तेरो भिडियो राम्रो बनाउनलाई खर्च गरेको भए कति राम्रो हुन्थ्यो। सबै मान्छेले यसरी नै आफ्नो सफलताको लागि र सबैको हितको लागि आफ्नो उर्जा खर्च गरेको भए कति राम्रो हुन्थ्यो। सबैले आफ्नो सफलता पाउने थिए। सबै खुशी हुने थिए। यो संसार नै धेरै राम्रो हुने थियो। खैर, गर्नु पर्छ भनेको चिज त मान्छेहरूले कहाँ गर्छन् र। जे होस्। अब याद गरेस्।
B: तैले भनेको कुरा त ठिक हो, तर कसरी ? त्यस्ता कमेन्ट भेटेपछि नराम्रो त लागि हाल्छ नि। के गरेर distraction free हुने त अनि?
A: म केहि उपाय भन्छु नि, चिन्ता न गर् न।
त्यस्तो बेलामा जवाफ फर्काउन केही हानी हुँदैन भने रमाइलो तरिकामा हाँसेर जवाफ फर्काए पनि भयो। जवाफ फर्काउन मन नलागे यतिकै dismiss गरेर त्यहाँबाट हिँडे पनि भयो। हुँदै भएन चित्त नै दुख्यो भने पनि अंग्रेजीमा एउटा भनाइ छ नि, “success is the best revenge” – “सफलता नै सबै भन्दा राम्रो बदला हो”। सफल भई दे न जिन्दगीमा, सबै चुप लागेर मन्त्र मुग्ध भएर तलाई हेरेको हेर्यै गर्छन्। त्यस पछि तैँले जे गरे पनि राम्रै गर्छस् किनभने तँलाई राम्रो गर्ने बानी लागि सकेको हुन्छ।
B: तर कोही कोही त अति नै हुन्छन् नि।
A: त्यस्ता मान्छे जहाँ नि हुन्छन् अलि-अलि ignore पनि गर्नु पर्छ। त्यस्तै हो ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’। सजिलो त छैन । तर सजिलो बनाउन सकिन्छ।
B: कसरी?
A: पहिलो कुरा त चाहिने कुरा मात्र मतलब गर्न सक्ने र अन्य कुरा बेमतलब गर्न सक्नु एउटा बानी हो। अनि यसको अभ्यास पनि हुन्छ । त्यो अस्तिनै को हाम्रो एपिसोडको अभ्यास गरिस्?
B: सधै गर्छु नि त्यो त।
A: त्यो सकेर त्यसमा १० मिनेट अर्को अभ्यास थप्। घ्याप्प आँखा बन्द गरेर बसेकै हुन्छस् । त्यति बेला सास भित्र तान्दा मन मनै “म यो शरीर हैन” भन् अनि सास बाहिर फ्याक्दा “म यो दिमाग पनि हैन” भन्। दिनको १० मिनेट मात्र। यो दुइवटै अभ्यास सधै गरे जिवन त U-Turn हुन्छ।
B: हुँदैन होला।
A: लु, २१ दिनको च्यालेन्ज भयो। यदि केही परिवर्तन भएन भने मैले भनेको कुरा यो जुनी त के अर्को जुनीमा नि कहिले न माने हुन्छ। ल कुरा यहि हो। उपाय पनि यहि हो। तेरो भिडियो बनाउन थाल्। म अर्को कोठा तिर लागे।
B: Video तयार भै सक्यो। हामीले अहिले बोलेको सबै रेकर्ड गरेको छु। GENIUS ।
A: जे पायो त्यही अपलोड गर्दा मार्लान् मान्छेहरुले।
B: हेर्दै जा न यो भिडियो हिट हुन्छ।
यो हाम्रो दोस्रो एपिसोडमा अन्तिम सम्म बसी दिनु भएकोमा धेरै धेरै धन्यवाद। तपाईं को सफलता हाम्रो कामना namaste।